प्रदेशभित्रका स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने : मुख्यमन्त्री पाण्डे
गण्डकी । पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन । मंगलवार पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताए ।
मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिए । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उनले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताए ।
आफूले निरन्तर प्रधानमन्त्रीसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा छलफल गरिरहेको बताउँदै उनले यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पाण्डेले पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उनले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राखे ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन सबैसँग आग्रह गरे। साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको बताए । उनले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायणले पर्यटकको आगमन वृद्धि गर्नु जरुरी रहेको बताउँदै उनले भारतीय पाँच सय रुपैयाँ दरको नोट सटही नहुँदा भारतीय पर्यटकको आगमन प्रभावित बनेको बताए । उनले नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया