Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशसुरक्षाकर्मीद्वारा ढुकुरपोखरीमा हिमपहिरो पन्छाउन थालियो

सुरक्षाकर्मीद्वारा ढुकुरपोखरीमा हिमपहिरो पन्छाउन थालियो


मनाङ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने भएकोले ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिएका छन् ।

हिमपहिरो गएको स्थानसम्म पुग्न समय लाग्ने र सवारीसाधन पनि जान नसक्ने अवस्था भएकाले अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेको उनले बताए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो ।

प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया