गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’
कास्की । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम सुरु भएको हो ।
बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ । मोबाइलमा रमाउने बालबालिकालाई खेलमैदानसम्म ल्याएर प्रतिस्पर्धी खेलाडी उत्पादनको लक्ष्य राखिएको गण्डकी प्रदेश टेनिस सङ्घका सचिव नवीन चालिले राससलाई जानकारी दिए । प्रशिक्षण कार्यक्रममा छदेखि १६ वर्ष सम्मका २५ बालबालिकालाई सहभागिता गराइएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताए ।
बालबालिकाका लागि टेनिस प्रशिक्षणले देशका लागि आवश्यक दक्ष टेनिस खेलाडी उत्पादन गर्न कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । उनले भने, “खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदीजस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ । कार्यक्रमले खेल संस्कृति र खेलकुद विकास अभियानमा समेत महत्त्वपूर्ण छ ।”
गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकाले यस कार्यक्रममार्फत पहिलोपटक सोही वर्गका बालबालिकालाई समेटिएको बताए । “खेल्छ गण्डकी कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, उनले भने ।
क्याटेगोरी : खेलकुद, प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया