Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशगर्मीसँगै दैनिक खर्बुजा किन्ने ग्राहक बढे

गर्मीसँगै दैनिक खर्बुजा किन्ने ग्राहक बढे


गाईघाट (उदयपुर) । केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा गर्मी बढेसँगै खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।

अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीले बताए । गाईघाट बजार पिलचौकमा दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए ।

प्रतिकिलो ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् । चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया