Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशजलचर प्राणी संरक्षणमा बेवास्ता

जलचर प्राणी संरक्षणमा बेवास्ता


सोलुखुम्बु । सोलुखुम्बुको सिम तथा खोला नदी क्षेत्रमा पाइने जलचर प्राणीको संरक्षणमा कसैको ध्यान नपुगेको पाइएको छ । जिल्लाको विभिन्न स्थानमा रहेका सिमसार क्षेत्रमा पाइने जलचर प्राणी संरक्षणमा स्थानीय सरकार र जिल्लाका कुनै पनि निकायको ध्यान नपुगेको हो ।

जिल्लाका अधिकांश खोला तथा नदीमा हाइड्रोपावर निर्माणाधीन छन् जसले गर्दा खोलामा पाइने माछा केमिकलका कारणले मर्ने लोप भइसकेको स्थानीय बताउँछन् । सोलुखोलामा अधिकांश क्षेत्रमा जलविद्युत् आयोजनाले पानी उपयोग गर्दा खोलामा पानी सुकेकाले माछाको अस्तित्व नै संकटमा परेको स्थानीय रवीन कार्कीले बताए । ‘विकासको नाममा विनाश मात्रै बढी भइरहेको छ, विभिन्न विद्युत् आयोजनाहरू बनाउँदा धमाधम खोला मासिदै गएको छ, हामी विकास मात्रै खोजिरहेका छौ तर हेर्नुस् त ती खोलाका प्राणीहरूको अवस्था के भयो भनेर कसले सोच्ने होला, खोलामा पानी नहुँदा भ्यागुता, पाहा, माछालगायतका प्राणी संकटमा छन्’, उनले भने । जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालयका प्रमुख इञ्जिनियर रञ्जयबहादुर सिंहले खोलामा जलचर प्राणीका लागि १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान रहेको बताउँछन् ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर १ टाक्सिन्दुमा दुधकुण्ड पोखरीमा राज हाँस तथा हिमाली चखेवा पाइने गरेको छ । तर उक्त हास संरक्षणमा कसैले चासो नदिएको स्थानीय जानकार सुरेश खड्का बताउँछन् । उनले भने, ‘दुधकुण्ड पोखरीमा आठदेखि १० वटा राजहाँस देख्न सकिन्छ । तर यसको संरक्षणमा कसैले ध्यान दिइएको पाइँदैन ।’ खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको गोक्यो तालमा पनि चितवनबाट गर्मी सिजनमा चखेवा आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । जिल्लामा कुन क्षेत्रमा कस्ता खालका जलचर प्राणी बस्छन् भन्ने विषयमा अहिलेसम्म अध्ययन भएको छैन, जसले गर्दा संरक्षणमा पनि चुनौती देखिएको हो । 


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x