Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशबागलुङ जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

बागलुङ जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


ढोरपाटन । बुधबार बिहान बागलुङमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको उनले बताए ।

सूचना अधिकारी केसीले जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको बताए । जीप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए । “कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ”, केसीले भने ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया