Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशशनिबार चट्याङ लागेर एकजना घाइते, दुईजनाको मृत्यु

शनिबार चट्याङ लागेर एकजना घाइते, दुईजनाको मृत्यु


ढोरपाटन । बागलुङमा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चित्रबहादुरकी श्रीमती यमकुमारी विक चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया