Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जापोखरामा दुई करोडको लागतमा गौशाला निर्माण

पोखरामा दुई करोडको लागतमा गौशाला निर्माण


पोखरा । पोखरा महानगरपालिका वडा नं.१४ बाच्छेबडुवास्थित दुई करोड रुपैयाँको लागतमा निर्मित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) शुभारम्भ तयारीमा जुटेको छ । धामको उद्घाटन बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा धाम सञ्चालन भएको हो । पोखराको पुरानो ल्यान्डफिल साइटमा निर्माण भएको गौशालामा हाल दुई सय बढी गाईवस्तु राखिएको छ ।

धाम शुभारम्भसँगै राष्ट्रिय परोपकार महासङ्घको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन हुनेछ । महासङ्घका संस्थापक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमका अनुसार महायज्ञबाट सङ्कलित रकम धाम सञ्चालन र व्यवस्थापनमा खर्च गरिनेछ ।

महायज्ञ पुस २६ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा गौतमले प्रवचन दिनछन् । राष्ट्रिय परोपकार महासङ्घ नेपालको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजित महायज्ञमा हरेक दिन पूजा एवं पाठ पारायण हुनेछ ।

महायज्ञले गौशाला चिनाउने र सञ्चालनार्थ कोष खडा गर्ने महासङ्घका अध्यक्ष गौतमले बताए । महायज्ञबाट गाई संरक्षण गर्ने चेतना जगाउने उनको भनाइ छ । गाईको अवस्था दयनीय भएकाले महानगरपालिकाको सहयोगमा गौशाला सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले सहरमा छोडिएका छाडा पशुहरुको व्यवस्थापनका लागि महासङ्घसँगको सहकार्यमा गौशाला निर्माण गरिएको बताए ।

छाडा पशुचौपायका कारण सहरी सौन्दर्यीकरण, सडक सुरक्षा, ट्राफिक जाम लगायतका समस्या न्यूनीकरण गर्न महानगरले गौशाला सञ्चालन गरेको प्रवक्ता तिमिल्सिनाले बताए ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया