Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारलघुवित्तको सुचकमा एकैदिन चार सय १२ अंकको पहिरो, सबै सुचकहरु रातै

लघुवित्तको सुचकमा एकैदिन चार सय १२ अंकको पहिरो, सबै सुचकहरु रातै


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त सम्वन्धी एकीकृत निर्देशन, २०७८ मा गरेको संशोधनको प्रभाव सेयर बजारमा देखिएको छ । सोही कारण साताको अन्तिम कारोबार दिन आज बिहिबार ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ३६ बिन्दुमा झरेको छ । आज सबै किसिमका गरी दुई सय ६० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया