Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाखुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा मल्ल

खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा मल्ल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासनसम्बन्धी ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख गरेको छ । विद्या परिषद्ले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण गरिएको छ । अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसँग अनुभव आदनप्रदान समेत गर्नुहुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया