Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशनक्कली भारतीय नोटसहित अन्सारी पक्राउ

नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ


मोरङ । बिराटनगर महानगरपालिका–६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित सनुसरी हरिनगरा गाउँपालिका–६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अन्सारी शनिबार दिउँसो पक्राउ परेका हुन् ।

सुपरमार्केटबाट १ हजार ६ सय बराबरको विभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उक्त नोट र उनले प्रयोग गरेको बा.१६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया