Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधपेस्तोलसहित कपनबाट एकजना पक्राउ

पेस्तोलसहित कपनबाट एकजना पक्राउ


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । ताप्लेजुङ फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू शुक्रबार पेस्तोलसहित पक्राउ परेको हो ।

कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया