Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधलागुऔषधसहित १० जना पक्राउ

लागुऔषधसहित १० जना पक्राउ


काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् । बूढानीलकण्ठबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौंबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौं चाबहिलबाट सुनसरीका सञ्जय लिम्बु र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए । उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौंको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरजकुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । उनीहरुबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । उनीहरुलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैमाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया