Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. अधिकारी

नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. अधिकारी


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) सिप, ज्ञान र प्रविधि हस्तान्तरण विभागअन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई मनोनयन गरिएको छ ।

एनआरएनएको हालै सम्पन्न ९४ औँ आईसीसी बैठकको निर्णय अनुसार डा. अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ । संघले २५ जना सदस्य र पाँच जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ । अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् । अस्ट्रेलियाको सीएसआईआरओ र आरएमआईटी विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत डा. अधिकारीले २६ ओटा पेटेन्टहरू दर्ता गरेका छन् भने उनका झन्डै एक सय वटा अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलमा प्रकाशित छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।

डा. अधिकारीले गैरआवासीय नेपाली संघद्वारा हालै काठमाडौंमा आयोजित तेस्रो विश्व ज्ञान सम्मेलन आयोजक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न एनआरएनए विश्व ज्ञान सम्मेलनको घोषणा तथा दिशानिर्देशहरूको दायरामा रही नेपाल विज्ञान फाउन्डेसन ट्रस्टले अनुसन्धान, विकास योजना र आगामी कार्यक्रमको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको र सोहीअनुसार काम गर्ने अधिकारीले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया