नर्भिकमा आईभीएफको निःशुल्क ओपीडी हुने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । निःसन्तानसम्बन्धी समस्या भएका र दूरविन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नलागेको हो ।
नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । आगामी चैत ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आईभीएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपीडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए । उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाइ छ । निःशुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।
नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी बृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै छ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया