Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनिःशुल्क स्वास्थ्य शिविरले गाउँका महिलालाई राहत

निःशुल्क स्वास्थ्य शिविरले गाउँका महिलालाई राहत


दोलखा । ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने महिला रोग स्वास्थ्य शिविरले बैतेश्वर गाउँपालिकाका गाउँका महिलाहरूलाई राहत मिलेको छ । गाउँघरमा व्यस्तताले अस्पतालसम्म पुग्न नसकेका महिलाहरूलाई लक्षितगरी गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा दुई दिने महिला रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा यहाँका करिब तीन सय महिला लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा समुन्द्र नेपाल फाउन्डेसनको आर्थिक सहयोग र हिमाली स्वास्थ्य सहकारीको सहकार्यमा सो शिविर सञ्चालन गरिएको बैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले बताइन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया