Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकार्यालय समयमा कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही

कार्यालय समयमा कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाजिर गरेर कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कर्मचारीलाई कारबाही गर्ने भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरू कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको निर्देशनमा स्वास्थ्य सेवा विभागलगायतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा कार्यालयमा हाजिर भएको देखिने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने पाइएकाले सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो प्राप्त भएको उल्लेख छ । मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै उनले कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने उल्लेख गरेका छन् । अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानुनबमोजिम कारबाही हुने निर्देशनमा उल्लेख छ । ‘कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थिति नहुनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी संयमित रही आफ्नो पदीय मर्यादा, आचारण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ’, निर्देशनमा भनिएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया