Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबैंकलाई सेयर दलालको काम गर्न दिने कुरामा चलखेल त भइरहेको छैन ?

बैंकलाई सेयर दलालको काम गर्न दिने कुरामा चलखेल त भइरहेको छैन ?


काठमाडौं ।
वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर धेरै ठाउँबाट आवाज उठाइरहेको यतिका समय भइसक्दा पनि यस विषयमा किन निर्णय हुन सकिरहेको छैन भन्ने चर्चा सेयर बजारमा चलिरहेको छ । कतै ब्रोकर कम्पनीहरू र पुँजी बजारका नियामक निकायहरूबीच चलखेल त भइरहेको छैन ? कतै लाइसेन्स नदिनेमा सेटिङ त भइरहेको छैन ? भनेर चर्चाहरू पनि चल्ने गरेका छन् पुँजी बजारमा ।

बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिने विषय विघटित सदनसम्म पुगेको थियो भने यसबारेमा पुँजी बजारसम्बन्धी अध्ययन गर्न भनेर सांसद राम कुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय अर्थ समितिको उपसमितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर पनि नियामक निकायले निर्णय गर्न सकिरहेका छैन । कतिपयले त वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्न पाउनेमा शंका व्यक्त गर्न थालेका छन् । त्यसो त कतिपयको भनाइमा पुँजी बजारका नियामक निकायहरूले विद्यमान ब्रोकर कम्पनीहरूको दबाबमा वा आर्थिक लोभमा परेर बैंकलाई ब्रोकर लाइसेन्स दिनमा आनाकानी गरिरहेको हुनसक्ने पनि बताइरहेका छन् ।

त्यसो त वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनेलाई विद्यमान ६० वटा ब्रोकर कम्पनीहरूले असन्तुष्टि जनाइरहेका छन् । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न लाइसेन्स दिए आफ्नो व्यापार व्यवसायमा नकारात्मक असर पर्ने डर विद्यमान ब्रोकर कम्पनीहरूमा रहेको देखिन्छ । अहिले हामी २१औँ शताब्दीमा रमाइरहेका छौँ । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो कुनै पनि पेसा व्यवसाय गरिरहेकाहरू प्रतिस्पर्धामा जान डराउन भने हुँदैन ।

त्यसो त वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्ने लाइसेन्स दिने कुरा भएसँगै केही विवाद भने सिर्जना भएको हो । स्टक ब्रोकर एसोसियसनको पूर्वअध्यक्षले त्यसबेला नै खुलेरै यसको विरोध गरेको थिए । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिए इन्साइडर ट्रेडिङ हुने बताउँदै आइरहेका छन् ब्रोकर कम्पनीहरूले । यसबारेमा कतिपय ब्रोकर कम्पनीहरूको भनाइमा विद्यमान ब्रोकर कम्पनीहरूलाई नै विभिन्न जिल्ला, गाउँँमा शाखाहरू खोल्न दिनुपर्छ विद्यमान ब्रोकर कम्पनीहरूले काम गर्न नसकेमा शाखाहरू खोल्न नसकेमा मात्र अर्को विकल्प खोज्नुपर्छ र अरुलाई पनि लाइसेन्स दिनुपर्ने भनाइ रहेका छन् । हामीले विभिन्न जिल्लाहरूमा शाखाहरू खोल्छौँ भन्दा नदिने नानाथरिको झन्झटहरू दिने झन्झटिलो मापदण्डहरू तेर्स्याउने अनि वाणिज्य बैंकहरूलाई भने सजिलै लाइसेन्स दिने भनेर पनि केही ब्रोकर कम्पनीहरूले आक्रोश पनि व्यक्त गरेका छन् ।

वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेनस दिए पनि सेयर बजारको समस्या समाधान हुनेमा शंका व्यक्त गरेका छन् । के वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएको सबै स्थानमा सेयर ब्रोकरको काम गर्छन् त ? हुम्ला, जुम्लामा पनि सेयर ब्रोकरको काम गर्छन् त भन्ने पनि केही ब्रोकर कम्पनीहरको भनाइ रहेका छन् ।

सेयर ब्रोकरको लाइसेन्स लिएका सबै वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानहरूबाट ब्रोकरको काम गरे भने सेयर बजारको लागि राम्रो हुने सकारात्मक हुने देखिन्छ तर गर्छन् त ? कतै वाणिज्य बैंकका ब्रोकर कम्पनीहरू पनि सहरमुखी भए भन्ने पनि प्रश्न उठेका छन् । । त्यसो त वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदैमा विद्यमान ब्रोकरहरू कम्पनीहरू आफ्नो व्यापारमा नकारात्मक असर पर्छ कि भनेर आँत्तिनुपर्ने भने छैन ।

धितोपत्र दलाल धितोपत्र व्यवसायी वाणिज्य बैंक तथा बजार निर्माता नियमावली २०४६ अनुसार प्रक्रिया पुगेपछि मात्र लाइसेन्सको लागि अनुमति प्राप्त गर्न सकिनेछ । तर वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्नको लागि छुट्टै सहायक कम्पनी खोल्नपर्ने हुन्छ ।

धितोपत्र बजारमा वाणिज्य बैंकहरूको सेयरको नै बाहुल्यता रहेको छ । धितोपत्र बजारमा बढी सेयरको कारोबार हुने भनेको वाणिज्य बैंकहरूको नै हो । वाणिज्य बैंकहरूलाई नै सेयर दलालको काम गर्न दिएपछि यसले इन्साइडर टेडिङ हुनसक्ने पनि कतिपय बजार विश्लेषकहरू र विद्यमान ब्रोकरहरू कम्पनीहरूको पनि भनाइ रहेका छन् । त्यसो त अहिले पनि बेला–बेलामा इन्साइडर कारोबारको समाचारहरू नआएको पनि होइन ।

वाणिज्य बैंकहरूलाई सेयर दलालको काम दिएपछि यो बढ्न सक्ने औंल्याउछन् सरोकारवालाहरू । कतिपयको भनाइमा वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिन भनेको दुधको पालो बिरालोलाई राख्नेजस्तो हो भनेर भन्नेहरू पनि नभएको होइन यसमा पनि चिन्ता व्यक्त गर्नै गरेको छन् सरोकारवालाहरू ।

त्यसो त अहिले सेयर कारोबारको दोस्रो बजारमा धेरैजसो राजधानीकेन्द्रित छन् । त्यसो त केही ब्रोकर कम्पनीहरू काठमाडौँ बाहिर केही जिल्लाहरूमा पनि आफ्नो शाखा कार्यालयहरू पनि सञ्चालन गरिरहेका छन् भने ती शाखा कार्यालयहरूबाट पनि सेयर कारोबार पनि भइरहेका बताउँछन् सरोकारवालाहरू । तर सेयर कारोबार राजधानीकेन्द्रित नै भइरहेका छन् भन्दा पनि फरक नपर्ला । यसकारणले पनि केही लगानीकर्ताहरूको कथित नेताहरूले वाणिज्य बैंकहरूलाई पनि ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर मरिहत्ते गरिरहेका भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा उपत्यकाबाहिर पनि ब्रोकरको लाइसेन्स दिने प्रक्रियामा रहेका पनि बताउँछन् सरोकारवालाहरू ।

पछिल्लो समयमा सेयर बजारमा नयाँ–नयाँ कम्पनीहरूको सेयर धमाधम थपिँदै छन् । सेयर बजारमा सेयरको संख्या पनि बढेको बढ्यै छ । सेयरको संख्या बढेको अनुपातमा सेयर बजारको दोस्रो बजारमा लगानीकर्ताहरू पनि बढ्नुपर्ने हुन्छ अनि मात्र सेयर बजारले गति लिने देखिन्छ । सेयर बजारको बारेमा जनचेतना जगाउनुपर्ने देखिन्छ भने नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश गराउनको लागि नियामक निकायहरूले पहल गर्नुपर्ने देखिन्छ ।

देशभरिका लगानीकर्ताहरूको पहुँच सेयर बजारसम्म पु-याउन वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर भन्ने गरेको हुनसक्छ । तर पनि वाणिज्य बैंकहरूलाई लाइसेन्स दिनेबित्तिकै तत्कालै सेयर बजारले ठूलै फड्को मार्ने भने होइन । अहिले पनि ६० वटा सेयर ब्रोकर कम्पनीहरूले काम गरिरहेका छन् ।

देशमा रहेका २६ वटै वाणिज्य बैंकहरूले ब्रोकर लाइसेन्स लिए अहिलेको बजारले धान्न सकिएला त ? भनेर आशंका गर्नेहरू पनि छन् । त्यसो त सबै विषय र क्षेत्रहरूमा सकारात्मक र नकारात्मक पाटोहरू हुन्छ नै त्यस्तै बजार राम्रो बनाउने हो भने प्रतिस्पर्धा हुनु पनि जरुरी छ । त्यसो त वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएपछि लगानीकर्ताहरूलाई सहज हुने भने देखिन्छ भने यसका लागि सेयर बजारसम्बन्धी जनचेतना जगाउन पनि जरुरी छ । यसमा नियामक निकायहरूको ध्यान जान जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया