पाटेबाघको हड्डी र छालासहित चारजना पक्राउ
जानकी । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा रु. पाँच लाखदेखि रु. १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए । चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।
डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको छ, उनले भने ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, सुरक्षा अपराध
ताजा अपडेट
- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल
- अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक: पूर्वप्रधानमन्त्री डा. भट्टराई
- १८८ स्थानमा रहेका घरजग्गा बिक्री गर्दै एनआईसी एशीया बैंक
- बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
- चीनमा मौद्रिक नीति सन्तुलित र प्रभावकारी भएको केन्द्रीय बैंकको दाबी
- पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम
- साढे चार प्रतिशतले बढ्यो महँगी
- नौ महिनामा बाहिरियो १४३ अर्ब बढी रकम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया