नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह
काठमाडौं । नेपालमा लगानी गर्न दक्षिण कोरियासँग नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कसँगको भेटमा चेम्बरका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । चेम्बर भवनमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।
‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ’, उनले भने । नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग उनले आग्रह गरे । भारत, बंगलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरेका थिए ।
दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, यसले गर्दा कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ मिल्नेछ ।’ अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ । जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस्तै, कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।
नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्बन्ध ५० औँ वर्षमा पुग्दैछ ।’ नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताए । नेपालमा उत्पादन हुने सबै वस्तुहरू वातावरणमैत्री भएको भन्दै उनले यहाँ उत्पादित बस्तुहरू आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताए । दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औँ वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कुन वस्तुमा कर बढ्यो, कुनमा घट्यो ?
- थपिँदै ऋणको भारी
- सीमित स्रोत र असीमित मागको बीच सन्तुलित बजेट
- नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया