Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम

नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम


काठमाडौं । सान्भी अटो लिंकले नयाँ बानेश्वर काठमाडौंमा आफ्नो नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच हास्य कलाकार सन्दिप क्षेत्री र सांसद दुर्लभ थापाले संयुक्तरूपमा रिबन काटेर सोरूमको उद्घाटन गरेका थिए ।

सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीहरूलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिंकको नयाँ सोरुमले टीभीएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारलगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर एक सय ५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x