बझाङ । बझाङका अधिकांश बस्तीहरू पहिरोको उच्च जोखिममा परेपछि स्थानीय आतंकित भएका छन् । लगातारको वर्षाका कारण गाउँका बस्ती जोखिममा परेसँगै स्थानीयमा त्रास बढेको हो ।
केदारस्यु गाउँपालिका वडा ७ काँडाचौरमा सडक कटानका कारण पहिरो जाँदा पूरै बस्ती नै जोखिममा परेको स्थानीय जयभान धामीले बताए । लगातारको वर्षाका कारण बस्ती माथिबाट ठूलो पहिरो गएपछि बस्ती नै जोखिममा परेको हो । पहिरोको कारण बस्तीमा स्थायीरूपमा बसोबास गर्दै आएको दर्जनौं घर जोखिममा परेका छन् । यस्तै, पहिरोले घरसँगै खेतीयोग्य जमिनसमेत बगाएको छ । पहिरोका कारण स्थानीयलाई घर नै छोडेर अन्त बसाइँ सर्नुपर्ने बाध्यता आएको केदारस्यु गाउँपालिकाकी पूर्वउपाध्यक्ष निशा धामीले बताइन् ।
पहिरोबाट प्रभावित स्थानीयले राहतको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । पहिरो प्रभावितको समस्या समाधानका लागि गाउँपालिकाले आवश्यक योजना बनाउनुपर्ने पनि स्थानीयको माग छ । गाउँपालिका अध्यक्ष गणेश बोहराले पहिरो पीडितहरूको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार उदासीन
- बचतकर्ताको विवरण जलाउन आइडियल यमुना सहकारीमा रहस्यमय आगजनी
- जंगी अड्डामा अभूतपूर्व सन्नाटा !
- आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया