डेङ्गु नियन्त्रणका लागि शैक्षिक संस्थाको पठनपाठन बन्द
इनरुवा । डेङ्गु भाइरस नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिकामा पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
डेङ्गु नियन्त्रण अभियान चलाउ विद्यालयमा पठनपाठन बन्द गरी निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।
वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकाले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए । डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । गत जेठ तेस्रो सातायता धरानमा डेङ्गुबाट एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शय्या पाउन मुश्किल भएको छ ।
क्याटेगोरी : पालिका समाचार, उप महानगर, समाचार
ताजा अपडेट
- जलवायु परिवर्तनका कारण हिमालमा बढी असर: उपप्रधानमन्त्री श्रेष्ठ
- एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
- सोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन सम्पन्न
- कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति
- गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा उत्रिने
- बजारको उकालो यात्रा अझै जारी
- सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्: प्रधानमन्त्री
- भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया