थाइल्यान्डका पूर्वप्रधानमन्त्रीलाई जेल सजाय
थाइल्यान्ड । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई जेल चलान गरिएकोे छ । थाइल्यान्डको सर्वोच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको थियो । सिनावात्रालाई उनको अनुपस्थितिमा तीनवटा अभियोगमा अदालतले दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय सुनाएको थियो ।
सन् २००१ देखि २००६ सम्म थाइल्यान्डको प्रधानमन्त्री बनेका सिनावात्रा सन् २००८ देखि विदेशमा बस्दै आएका थिए । उनीमाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनीरूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनीत व्यक्तिमार्फत अवैधरूपमा सेयर राखेको कसुरमा अदालतले दोषी ठह¥याएको हो ।
१५ वर्षसम्म निर्वासित जीवन बिताएका सिनावात्रा मंगलबार स्वदेश फर्किनासाथ विमानस्थलबाटैे पक्राउ परेका थिए । उनी स्वदेश फर्केको केही घण्टामा नै जेल चलान भएका छन् । पूर्वप्रधानमन्त्री सिनावात्राको राजनीतिक दल फेउ थाइका सदस्य श्रेथा थाविसिन प्रधानमन्त्रीको रुपमा चयन हुने तयारी भएका बेला सिनावात्रा जेल चलान भएका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- वाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण
- ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- नेसनल लाइफको नेसनल अवार्ड कार्यक्रम
- ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
- क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम
- कूटनीतिक अधिकारीहरूसँग छलफल
- सगरमाथाको शिखरमा कामीरिता ३०औँ पटक
- प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया