हराएका दुईपाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
काठमाडौ । काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक सन्तोष आचार्यले सवारी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उनले १६ वटा मोटरसाइकल र पाँच वटा स्कुटर धनीलाई सवारी हस्तान्तरण गरेको ट्राफिक महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा ६९ वटा सवारी यसअघि नै धनीलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताए । यस्तै, चालू आवमा नै दुईवटा चोरीका मोटरसाइकलसहित तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाएको समेत जनाएको छ । सवारी चोरी हुन तथा हराउनबाट जोगिने आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आग्रह गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने भट्टको भनाइ छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
- सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया