वीपी साहित्य सम्मान डा. विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने
काठमाडौ । जननायक वीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको वीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र वीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।
ट्रस्टले कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको हो । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार एक सय १० औँ वीपी जन्मजयन्तीको अवसर पारेर भदौ २२ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पुरस्कार वितरण गरिने ट्रस्टले जनाएको छ । साहित्य सम्मान पुुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ भने प्रजातन्त्र सेनानी सम्मान पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
ट्रस्टले डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा रामचन्द्र पोखरेल र डा ज्ञानु पाण्डे सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा निर्णय गरिएको ट्रस्टले जनाएको छ । गत वर्षको साहित्य सम्मान कृष्णप्रसाद गौतमलाई र प्रजातन्त्र सेनानी सम्मान शान्ति कार्की (वीरगञ्ज)लाई प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- कांग्रेसको चारतारे झण्डाको अन्तर्य !
- अन्तर्राष्ट्रिय परिवार दिवस र नेपाल
- गलत निर्णय गर्ने पनि दण्डित हुनैपर्छ
- मौरीपालनतर्फ आकर्षित बन्दै कृषक
- परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
- सेयरबजार विकासको लागि विशेष जोड
- पुरानै कार्यक्रमलाई निरन्तरता
- सहकारी समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग आवश्यक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया