Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएमडीसी लघुुवित्तको नाफा १५ करोड १४ लाख

आरएमडीसी लघुुवित्तको नाफा १५ करोड १४ लाख


काठमाडौं, वैशाख २४
आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २४ करोड ४८ लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव आठ रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ८१ करोड ४२ लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ८९ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३४ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x