नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि बनाएको छ : मुख्यमन्त्री शर्मा
कर्णाली । नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल प्रहरीको ६८औंँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अपराधको अनुसन्धान, नियन्त्रण एवं रोकथाममा प्रहरीले निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रियजगतले पनि मूल्याङ्कन गरेको उल्लेख गरे ।
कर्णालीजस्तो दुर्गमस्थलमा रहेर भौतिक संरचनाविहीन अवस्थामा पनि प्रहरीले गरेको कार्यको उच्चप्रशंसा गर्दै मुख्यमन्त्री शर्माले भने, “बास नपाएर प्रहरीले काम गर्नुपर्ने अवस्थाले सरकारलाई सचेत बनाएको छ । यो समस्या समाधानमा लाग्छौँं ।
सङ्घमा प्रहरी ऐन तथा प्रदेशमा प्रहरी सुपरीवेक्षण ऐन पारित भइसक्दा पनि प्रहरीमा समायोजन गर्न नसक्दा सङ्घीयता कार्यान्वयनमा आशङ्का उठ्न थालेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले जनताको सारथी बनेर प्रहरीले काम गरेको अनुभूति भएको उल्लेख गरे ।
संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी सङ्गठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जनाए । शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
कार्यक्रममा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट गरेबापत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याटमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई पुरस्कृत गरिएको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनास्थल ‘फेला पर्यो’
- प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै
- काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया