बेइजिड., जेठ ६
चीनको राजस्वमा व्यापक गिरावट आएको छ । सिन्ह्वाका अनुसार चालू वर्षको जनवरी–अप्रिल अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले राजस्व घटेको हो । यसको मुख्य कारण विश्व महामारी कोरोनाभाइरस संक्रमणलाई मानिएको छ । चालू वर्षको पहिलो दुई महिनामा ९.९ प्रतिशतले राजस्व घटेको थियो । चालू वर्षको पहिलो चार महिनामा ८ खर्ब ७५ अर्ब अमेरिकी डलर राजस्व संकलन भएको चिनियाँ अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवधिमा कर राजस्व १६.७ प्रतिशतले घटेर ५३ खर्ब युआन संकलन भएको छ । त्यस्तै भ्याटतर्फको राजस्व पनि वर्षगत तुलनामा २४.४ प्रतिशतले घटेको छ ।
केन्द्र सरकारले २८ खर्ब युआन संकलन गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यो पनि वर्षगत तुलनामा १७.७ प्रतिशतले घटेको हो । त्यस्तै स्थानीय सरकारले उक्त अवधिमा ३३ खर्ब युआन संकलन गरेका छन् । यो पनि ११.५ प्रतिशतले कम हो । चीनको अर्थतन्त्र यस अवधिमा ६.८ प्रतिशतले संकुचित भएको छ । सोमबार प्रकाशित तथ्यांकअनुसार चीनको सरकारी खर्च चार महिनामा २.७ प्रतिशतले घटेर ७३ खर्ब युआन पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया