Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाको सेयरमूल्य १५ महिनायताकै न्यून

टेस्लाको सेयरमूल्य १५ महिनायताकै न्यून


न्यूयोर्क । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टस्लाको सेयरमूल्य १५ महिना यताकै न्यून भएको छ । टेस्लाले कारको मूल्य घटाएपछि सेयरमूल्यमा गिरावट आएको देखिन्छ ।

टेस्लाको सेयर मूल्य सोमबार एक सय ४२ विन्दुमा झरेको थियो । जुन मूल्य सन् २०२३ जनवरी महिनायताकै न्यून हो । तर मंगलबार भने सेयर मूल्य बढेको छ । मंगलबार साँझसम्म टेस्लाको सेयर मूल्य एक सय ४५ विन्दुमा पुगेको छ । मंगलबार पहिलो त्रैमासिक नतिजा सार्वजनिक हुनुअघि सेयर मूल्य बढेको छ । विश्लेषकहरूले कारको मूल्य कटौती र सुस्त मागको कारण नाफा छ वर्षयताकै न्यून हुने अनुमान गरेका छन् ।

मंगलबार बजार बढे पनि केही दिनयता टेस्लाको सेयरमूल्यमा गिरावट छ । पछिल्लो पाँच दिनमा सेयर मूल्य आठ प्रतिशत घटेको छ भने अप्रिल ११ यता १६ प्रतिशत घटेको छ । सन् २०२४ सुरु भएयता टेस्लाको सेयरमा ४३ प्रतिशत गिरावट आइसकेको छ । गत वर्ष टेस्लाको कार बिक्रीमा कमी आएको थियो । कारको बिक्री घटेपछि टेस्लाले मूल्य घटाउने निर्णय गरेको थियो । कारको मूल्य घट्दा कम्पनीको नाफा प्रभावित हुने भएपछि लगानीकर्ता चिन्तित भएका छन् । जसका कारण सेयरमूल्यमा दबाब परेको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया