Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेन र इजरायलका लागि अमेरिकी तल्लो सदनबाट सहयोग प्याकेज पारित

युक्रेन र इजरायलका लागि अमेरिकी तल्लो सदनबाट सहयोग प्याकेज पारित


वासिङ्टन डिसी  । अमेरिकी संसद्को तल्लो सदनबाट युक्रेन र इजरायलका लागि पठाएको ९५ अर्ब डलरको सहायता प्याकेज पारित गरेको छ । अमेरिकी प्रतिनिधिसभाको तल्लो सदनले रिपब्लिकन कट्टरपन्थीहरुको कडा आपत्तिमा युक्रेन, इजरायल र ताइवानलाई सुरक्षा सहायता प्रदान गर्ने ९५ अर्ब डलरको विधायी प्याकेजलाई शनिबार पारित गरेको हो ।

सदनले युक्रेनलाई ६० अर्ब ८४ करोड अमेरिकी डलर र इजरायलका लागि २६ अर्ब अमेरिकी डलर मानवीय सहायाता दिने निर्णय प्रस्ताव पारित गरेको हो । यस्तै ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १२ करोड डलरबराबरको रकम र सैन्य सहयोग पाउने भएको छ । अब यो कानुन सिनेटमा अगाडि बढ्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको अपिलअनुसार अमेरिकी संसदमा यो प्रस्ताव पेस भएको थियो ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्नसक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आकलनका साथ राष्ट्रपति बाइडेनले यो प्रस्ताव सदनमा पेस गरेका थिए । प्रस्ताव पारित भएपछि अब युक्रेन र इजरयालमा सो रकम राहत प्याकेज पु¥याउने बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी सदनप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले यो सहायातापछि युद्ध विस्तार हुनबाट जोगिने र हजारौँ मानिसको ज्यान बचाउने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया