सेनाले ग्वान्झाउबाट ल्यायो कोरोनासँग जुध्ने औषधि
काठमाडौं, जेठ ७
नेपाल सरकारले चीन सरकारसँग सिधैं खरिद गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले नेपाल भित्र्याएको छ । सेनाले चीनको ग्वान्झाउबाट १८ दशमलव ८ टन अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजमार्फत ल्याएको हो ।मंगलबार बिहान ती सामग्री बोकेको निगमको विमान काठमाडौं आइपुगेको हो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वान्झाउ उडेको थियो । ग्वान्झाउबाट १८ दशमलव ८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाले पनि जनाएको छ । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले तीन सय ४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७ दशमल ५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ ।
चीनले दियो थप सहयोग : यस्तै, चीन सरकारले सिन्धुपाल्चोकलाई एक करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । मंगलबार मितेरी पुलमा चिनियाँ अधिकारीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो । केही दिनअघि भएको सीमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गरेका थिए । न्यालमले डिस्पोजल मास्क एक लाख ३० हजार, एन–९५ मास्क एक हजार ५००, पिपिइ एक हजार १००, इन्फ्रारेड थर्मोमिटर १०८, एक हजार ५०० परीक्षण किट सिन्धुपाल्चोकका लागि सहयोग दिएको हो । जिल्लामा ती सामगी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन कोषमा रहनेछन् । चीनका तर्फबाट जाग्बु बन्दरगाहका प्रमुख अधिकृत यान जीनसहितको चार जनाको टोली सो सामग्री हस्तान्तरण गर्न मितेरी पुल आएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया