कोरोना संक्रमित चार सय ५७ जना थप एकसहित तीन जनाको मृत्यु
काठमाडौँ, जेठ ९
नेपालमा कोरोनाबाट संक्रमितको संख्या चार सय ५७ पुगेको छ । बिहीबार साँझ बाँके र कपिलवस्तुमा थप तीन जना संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या चार सय ५७ पुगेको हो । बिहीबार नै गुल्मीको मदाने गाउँपालिकाका एक जना कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिकाका ३२ वर्षका एक पुरुष र खजुराकी ४२ वर्षकी महिना कोरोना संक्रमित भएका पुष्टि भएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपेन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि बिहीबार साँझ नै कोरोना पुष्टि भएको छ ।
यस्तै, बिहीबार नै कोभिड –१९ को संक्रमण दाङका एक जनामा देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको थियो । संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यस्तै, काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् । निको हुनेमा दुई महिला तथा दुई पुरुष छन् ।
नवौँ दिनको बसाइपछि उनीहरुलाई बिहीबार अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष छन् । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।
त्यसैगरी बिहीबार नै झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया