घरकर्जा बढ्यो, तीन खर्ब ७६ अर्ब कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा व्यक्तिगत आवास (होम लोन) शीर्षकमा प्रवाह भएको कर्जा बढेको छ । सरकारकै आग्रहमा नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा नरम नीति अवलम्बन गरेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रमा घरकर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत दुई करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा शीर्षकमा समेटेको छ । यसअघि यस्तो कर्जाको सीमा एक करोड ५० लाख रूपैयाँ थियो । सोअनुसार घरकर्जाको रकम सीमा बढ्नु, घरकर्जाप्रति राष्ट्र बैंक केही लचिलो हुनु र अर्थतन्त्र पनि क्रमिकरूपमा चलायमान हुँदा बैंकहरूले पनि कर्जा प्रवाह बढाएका हुन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ७६ अर्ब ५८ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० अर्ब ७९ करोड २० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा तीन खर्र्ब ४५ अर्ब ७८ करोड ८० लाख रूपैयाँ प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुुसार पछिल्लो चार महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्रै व्यक्तिगत आवास शीर्षकअन्तर्गत तीन खर्ब तीन अर्ब ३२ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ६७ करोड ६० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले व्यक्तिगत आवास शीर्षकअन्तर्गत दुई खर्ब ८२ अर्ब ६५ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म व्यक्तिगत आवास शीर्षकमा ६१ अर्ब एक करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७८ करोड ३० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा ५२ अर्ब ३५ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस आर्थिक वर्षको पछिल्लो चार महिनामा फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास कर्जा १२ अर्ब २४ करोड १० लाख रूपैयाँ प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ३३ करोड ९० लाख रूपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास शीर्षकमा १० अर्ब ९० करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा
- नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
- नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे
- महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल
- समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया