भूकम्प प्रभावितलाई टेन्ट हस्तान्तरण
काठमाडौं । जाजरकोटका भूकम्प प्रभावितलाई विन्टराइजेसन टेन्ट हस्तान्तरण गरिएको छ । युरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका विन्टराइजेसन टेन्टहरू भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्दराज आचार्यले सोमबार जाजरकोटको भेरी (१ रावत गाउँमा सो टेन्टहरू हस्तान्तरण गरेका थिए । मन्त्री आचार्यले भूकम्पबाट प्रभावित समुदायहरूको संरक्षण, सुरक्षा र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । यस्तै, उनले जाजरकोटका भूकम्प प्रभावितका लागि सांसद विकास कोषको पाँच करोड रुपैयाँ उपलब्ध गराउने बताए । यस्तै, सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरूको सहकार्यबाट सम्भव भएको बताइन् । युरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेसन टेन्टहरूले अत्याधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र वृद्ध नागरिकहरूको ज्यान जोगाउने उनको भनाइ छ ।
भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिकासहित ३२ जनाको अत्याधिक चिसोको कारण मृत्यु भएको छ । गत मंसिर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई वितरण गर्न आठ सय थान विन्टर टेन्ट प्रदान गरेको थियो । अन्य सामान्य टेन्टहरूभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेसन टेन्टहरू अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया