गाँजा मिसाइ केक व्यापार गर्ने एकजना पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार गरेको जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले यस कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई काठमाडौँको घट्टेकुलोबाट पक्राउ गरेको बताए ।
ब्युरोको टोलीले यसबारे विशेष सूचना प्राप्त भएपछि मानन्धरलाई उनको घरबाट पक्राउ गरेको हो । प्रवक्ता जोशीले पक्राउ परेको मानन्धरको कोठाबाट विभिन्न लागूऔषध गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा केजी ७५४ ग्राम, इलेक्ट्रिक ओभन थान १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान १, सेतो रङ्गको डिजिटल तराजु थान १, केक बनाउने ट्रे थान २, बेकर्स क्रिएसन प्रालिको भौचर थान १, चकलेट चिप्सको बट्टा थान १, चकलेट फ्लेबरको बोटल थान ५, अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला आदि बरामद गरेको बताएका छन् ।
प्रवक्ता जोशीले मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया