इन्फिनिटी लघुवित्तको तालिम
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाका अनुसार मधेश प्रदेशअन्तर्गतको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरी जम्मा सात जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई एएमल, सिएफ्टी र क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) निवारण ऐन, २०६४ ले तोकेबमोजिमको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) निवारणसम्बन्धी विषय तथा क्षमता अभिवृद्धिका विषयमा सहभागीहरूलाई प्रशिक्षित गर्नुभएको थियो । साथै, उनले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीहरूलाई समय–समयमा यस्ता किसिमका तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।
कार्यक्रममा उपस्थित कर्मचारीहरूलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलीका रणनीतिहरूको विषयमा वित्तीय संस्थाका असुली तथा अनुगमन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले प्रशिक्षण गरेका थिए । मानव संसाधन विभागका विभागीय प्रमुख श्री प्रभात न्यौपानेले सदस्यहरूलाई प्रदान गरिने बीमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजीकरण गरेका थिए । कार्यक्रम विनायक होटल बर्दिबास महोत्तरीमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया