इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेको हो ।
मन्त्री ज्वालाले सो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गरे । राससका अनुसार हाललाई पाँच थान हस्तान्तरण गरिएको यो यन्त्र छिट्टै एक सय थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । योसँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जनाएको छ ।
कार्यक्रममा मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताए । सो अवसरमा यसको ‘डेमो’समेत गरेर देखाइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया