कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै
राँझा (बाँके) । बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले राससलाई जानकारी दिए ।
“बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो”, उनले भने, “खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन ।”
सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
बाँकेको जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये २९ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल चौधरीले जानकारी दिए ।
उनका अनुसार साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ ।
“कुष्ठरोग प्रकोप दर घटेको छैन, गत वर्ष पनि छ महिनाको तथ्याङ्कमा ५१ जना नयाँ बिरामी फेला परेकामा २५ जना बाँकेकै थिए”, प्रमुख चौधरीले भने, “लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको छ ।”
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको जनाउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. आरके झाले कुष्ठरोगको रोकथाम र उपचार सम्भव रहे पनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगी लुकेर रहेको बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया