Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीस्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग


दोलखा । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जिपछिरिङ लामाले आफ्नो गृहजिल्ला दोलखामा तेस्रोपटक स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स सहयोग गरेका छन् ।

लामाले जिल्लाका दुई वटा स्वास्थ्य चौकीमा एक/एक वटा एम्बुलेन्स सहयोग गरेका हुन् । उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट भीमेश्वर नगरपालिका– ८ को बोच स्वास्थ्यचौकी र बिगु गाउँपालिका– १ स्थित गोंगर स्वास्थ्यचौकीलाई एक–एक वटा एम्बुलेन्स सहयोग गरेका छन् । तेङिमा–दाडोमा फाउन्डेसनको नामबाट उनले जिल्लाका दुर्गम ठाउँ र विपन्न नागरिकहरू औषधि उपचारमा समेत सहयोग गर्दै आएका छन् । लामाले मंगलबार एक कार्यक्रमका बीच काठमाडौंमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया