वरिष्ठ लोकगायक कुमार बस्नेत र राजन कार्की पोखरामा सम्मानित
पोखरा । वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखरास्थित कल्याण शेरचन स्मृति प्रतिष्ठानले बस्नेतालाई ३३ हजार तीन सय ३३ रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
सोही अवसरमा गायक राजन कार्की नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट सम्मानित भए । पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ नगद रहेको छ । बस्नेत र कार्कीलाई वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक शर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले सम्मान गरेका हुन् ।
सो अवसरमा वरिष्ठ लोक गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरामा खिमबहादुर गन्धर्व, वीर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरिदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए । पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखि नै आवाज उठाउँदै आएको समेत उनले स्पष्ट पारे ।
संस्कृतिविद् डा.जगमान गुरुङले कल्याण शेरचनले अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए । सम्मानित भएका कुमार बस्नेतको समेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको उनले सम्झना गरे ।
प्रतिष्ठानका अध्यक्ष ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, लोकगायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए ।
क्याटेगोरी : कला / संस्कृति, मनोरञ्जन, समाचार
ताजा अपडेट
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया