लर्डबुद्ध एजुकेसन फाउन्डेसनको छात्रवृत्ति
काठमाडौं । सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफले आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घसँगको सहकार्यमा फाउन्डेसनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्तिसम्बन्धी सम्झौता पत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरेका छन् । सातै प्रदेशमा आर्थिक र सामाजिकरूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गर्ने क्यान महासङ्घसँग भएको सहमतिमा उल्लेख छ ।
आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ । सातै प्रदेशबाट सात÷सात जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ । आईटी विद्यार्थी छात्रवृत्तिअन्तर्गत वार्षिकरूपमा खर्च हुने दुई करोड ८३ हजार रुपैयाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउन्डेसनले व्यहोर्ने सहमतिमा उल्लेख छ । फाउन्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया