केदार माविको अक्षय कोषमा २३ लाख ३६ हजार सङ्कलन
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षय कोषमा २३ लाख रुपैयाँभन्दा धेरै रकम सङ्कलन भएको छ ।
विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रुपैयाँ रकम सङ्लन गरेको हो । गत असोज २७ गतेबाट ३६ महिनामा ३६ लाख रुपैयाँ सङ्कलन गर्ने उद्देश्यका साथ सुरु गरिएको कोषमा छ महिनामा दुई सय चार जना दाताबाट सो रकम सङ्कलन गरेको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए । उनका अनुसार १० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने एक सय ४७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षय कोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत सावाँमा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।
अक्षय कोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अक्षय कोषमा नेपालको पश्चिम क्षेत्रबाट समेत सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए । केदार मावि गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई नगद १४ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत भएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया