कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुन:स्थापित गर्नुपर्छ : महामन्त्री थापा
ललितपुर । पार्टीको गोदावरीमा जारी रहेको महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन् ।
महामन्त्री थापाले सङ्गठनलाई थप चलायमान र ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्ने बताउँदै आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको स्पष्ट पारे । उनले पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मूलमन्त्र बनाएर जनतालाई निरन्तर अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने सङ्कल्प गर्नुपर्ने बताए ।
कांग्रेसको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्ने, समुन्नत नेपाल ः सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने सङ्कल्प पार्टीले गर्नैपर्छ महामन्त्रीले भनेका छन् ।
यसैगरी, जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफलका माध्यमबाट पार्टीलाई विचारको केन्द्र बनाउने, सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउनुपर्ने महामन्त्रीले दोहोर्याए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया