भारतले एआई पूर्वाधारमा एक अर्ब २० करोड डलर लगानी गर्ने
नयाँदिल्ली । भारतले एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्नेभएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो रकम कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपसम्बन्धी परियोजनामा खर्च हुने उल्लेख छ ।
कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्ने र विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका भारत स्थापित हुने बताएका छन् ।
भारतमा गरिएको एक पूर्वानुमानअनुसार भारतको एआई बजार सन् २०२७ सम्म १७ अर्ब अमेरिकी डलरबराबर पुग्नेछ । यो आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । अमेरिकी शोध फर्म गार्टनरले भने सन् २०२७ सम्म एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्ने अनुमान गरेकोक छ ।
परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा लिइरहेका छन् ।
ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्वपूर्ण वित्तीय सहयोगविना एआई उत्पादन बनाउनका लागि संघर्ष गर्नुपर्ने बताएका थिए ।
भारतका अर्बपति धनाड्य टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीमा यसै महिना च्याटजिपिटी–स्टाइलको एआई च्याटबट एप्लिकेसन सुरु हुने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया