महिला उद्यमी विकासका लागि हाते होजियारी बुनाइ तालिम
काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा महिला उद्यमी विकासका लागि ११ दिने हाते होजियारी बुनाइ तालिम सञ्चालन गरिएको छ । भीमेश्वर नगरपालिकाको सहकार्यमा उज्यालो भविष्य नामक संस्थाले सो तालिम सञ्चालन गरेको हो ।
तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको थियो । तामिलमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे । महिलाहरूले बनाएका सामग्रीहरूलाई बजारीकरण गर्नका लागि नगरपालिकामा सञ्चालित कोसेली घरसँग सहकार्य गर्न सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका थिए । यस्तै, नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले तालिमलाई बालुवामा पानी हालेकोजस्तो हुन नदिन आग्रह गरिन् । उनले तालिम अवधिभर सिकेको सिपलाई आयस्रोत बनाउनुपर्नेमा जोड दिइन् । यस्तै, उनले महिलाहरूको दीर्घकालीन क्षमता विकासमा नगरपालिकाले ध्यान दिने बताइन् । तालिममा सहभागीलाई स्वीटर, टोपी, गलबन्दीलगायतका कपडा बन्न सिकाइएको आयोजक संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया