इन्फिनिक्सको स्मार्ट ८ सिरिजका स्मार्टफोन सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिजअन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोनहरू उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली छ हजार एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिङ सपोर्ट गर्नेछ । साथै, स्मार्ट आठ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४जीवी ¥याम र ६४जीवी रोममा १३ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीको स्मार्ट ८ प्रो स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइनसहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रोमा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्सका लागि यो फोनमा शक्तिशाली पाँच हजार एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिङ सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्रो ४ जीबी ¥याम र ६४ जीबी रोम तथा ४जीबी ¥याम र १२८जीबी रोममा क्रमश १२ हजार नौ सय ९९ रुपैयाँ र १३ हजार चार सय ९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लु, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
- सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया