बैतेश्वरमा मात्रै सहकारीमार्फत साढे ४ अर्ब पुँजी परिचालन
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकामा मात्रै सहकारी संस्थाबाट चार अर्ब रुपैयाँभन्दा बढीको पुँजी परिचालन भएको पाइएको छ । पालिकाभित्र सञ्चालनमा रहेका ४२ वटा बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय सहकारीहरूले पालिकामा सहकारीमार्फत चार अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुँजी परिचालन गरेको गाउँपालिकाको सहकारी शाखाले जनाएको छ ।
यस्तै, पालिकाभित्र रहेका ३२ वटा सहकारी भने सम्पर्कमा नरहेको गाउँपालिकाले जनाएको छ । करिब २७ हजार जनसंख्या रहेको बैतेश्वरमा सहकारीमा आबद्ध सदस्यको संख्या भने एक लाख २७ हजार छ सय रहेकोे छ । यस्तै, सहकारीको सेयर पुँजी ४६ करोड ७५ लाख रुपैयाँ र निक्षेप संकलन तीन अर्ब २० करोड ६९ लाख रहेको बैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख मुक्तिप्रसाद दाहालले जानकारी दिए । गाउँपालिकाको सहकारी शाखाले मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
यस्तै, गाउँपालिकाभित्रका सहकारी संस्थाहरुले संयुक्त कार्यक्रमको आयोजना गरी सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ सहकारी दिवस मनाएका थिए । बैतेश्वर सहकारी सञ्जालको संयोजनमा सो दिवस मनाइएको हो । सहकारीमा सुशासन, प्रविधि र एकीकरण, कर्जा सूचना केन्द्र स्थापना गर, सुरक्षित भविष्यको आधार नियमित बचत, कर्जा लिऔँ उद्यमी बनौं, आर्थिक विकास गरौं, सहकारीको लगानी उत्पादनमा वृद्धिलगायतका प्लेकार्ड बोकेर सहकारीकर्मीहरूले मैनापोखरी बजारको परिक्रमा समेत गरेका थिए । बजार परिक्रमापछि आयोजना गरिएको कोणसभामा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले सहकारीहरूका सञ्चालकहरूले सुशासन कायम गर्दै आफू शुद्ध बनेर संस्था चलाउन सके यस क्षेत्रमा देखिएका समस्या आफैँ समाधान हुने बताए ।
बैतेश्वर गाउँपालिका–५ का वडाध्यक्ष भुवन घिमिरेले सहकारीहरूले ऋणीलाई मात्रै सुशासनको पाठ सिकाएर नपुग्ने बताए । उनले सुशासनको पालना पहिला सहकारीका सञ्चालक र कर्मचारीले गनुपर्नेमा जोड दिए । सहकारी सञ्जालका संयोजक माधव दाहालको अध्यक्षयता भएको कार्यक्रममा जिल्ला सहकारी संघका लेखा संयोजक पुष्करकुमार दाहाल, जिल्ला बचत संघ दोलखाका महासचिव तेन्जिङ शेर्पालगायतले सम्बोधन गरेका थिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया