काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २१ लाख २१ हजार तीन सय २७ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ६० लाख २४ हजार १३ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोट ४३ लाख ५१ हजार ६५ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ५९ करोड ७८ लाख ९७ हजार आठ सय पाँच रुपैंयाँ कर्जा प्रवाह गर्दा १८ करोड ५१ लाख ९४ हजार तीन सय ६३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । सो अवधिमा दुई दशमलव ९९ प्रतिशत कर्जा खराब रहेको संस्थाको स्प्रेड दर भने दुई दशमलव ३० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ७१ करोड ९१ लाख ४२ हजार ९२ रुपैंयाँ कर्जा प्रवाह गर्दा २१ करोड ४० लाख ४४ हजार तीन सय ६५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने एक दशमलव ७२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
- कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
- हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु
- सरावल गाउँपालिकाको भौतिक प्रगति ८० प्रतिशत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया