सूर्य ज्योति लाइफले मनायो १६औँ वार्षिकोत्सव
काठमाडौं । जीवन बीमा कम्पनीहरूबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर हर्षोल्लासका साथ १६औँ वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९ पुस ७ गते आफ्नो संयुक्त कारोबार सुरु गरेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने ग्राहक, अविरल साथ दिने अभिकर्ताहरू, अहोरात्र खट्नु हुने कर्मचारीहरू, हौसला प्रदान गर्नै सेयरधनीहरू, सदैव सत्मार्ग देखाउने संचालक समिति, मार्गनिर्देश गर्नै नियमनकारी निकायहरू, व्यावसायिक साझेदारलगायत सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।
साथै, यही अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिएका सम्पूर्ण सरोकारवालालगायत सदैव मार्गनिर्देश गर्नै नियमनकारी निकायप्रति कृतज्ञता ज्ञापन गरे । कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्किँदै आएको र सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी चार अर्ब ५४ करोड, जीवन बीमा कोष तीन अर्ब २० करोड, कुल लगानी ३७ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ सात अर्ब ५६ करोड रहेको छ ।
कम्पनीले हाल एक सय ७८ वटा शाखाहरूमार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
- कुलमानले गराए प्राधिकरणलाई अपूरणीय क्षति, प्राधिकरणले दाबी गरेको करिब २७ अर्ब नाफा नक्कली भएको लाल आयोगको निष्कर्ष
- मुलुकको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब
- बैंकिङ क्षेत्रमा कर्जा खाता कति ? बैंकहरूमा निक्षेप खाता ४७ लाख नाघ्यो
- पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
- काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया